५१ हजार नेपाल फर्किए


काठमाडौं, (नेस)
कोरोना संक्रमणको जोखिमका कारण सरकारले मुलुकभर लकडाउन गरेपछि साउन ३१ गतेसम्म विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा ५१ हजार ४ सय ४१ जना नेपाल ल्याइएको छ ।

सरकारले अहिलेसम्म ३० मुलुकबाट ती नेपालीलाई नेपाल ल्याउन सफल भएको छ । अहिलेसम्म अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९ सय ४३, ओमानबाट ८ सय ११, कतारबाट ६ हजार १ सय ९१ जना नेपाल आएका छन ।

त्यसै गरी म्यानमारबाट ८ सय ११, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २ सय ८२, थाइल्यान्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ९ सय ६७, बंगलादेशबाट ८ सय ४१, मलेसियाबाट ७ हजार ६ सय ४२ जना नेपाल आएका छन ।

उद्धार गर्ने क्रममा माल्दिभ्सबाट ७ सय ९, श्रीलंकाबाट ५, युनाइटेड अरब इमिरेट्सबाट १४ हजार ३ सय १४, साउदी अरेबियाबाट ७ हजार ८ सय १७, सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९ जनालाई नेपाल ल्याइएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।

त्यसै गरी इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विजरल्यान्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, सेन्टर रिपब्लिक कारबाट ६८, भारतबाट ८५ जनालाई उद्धार गरेको पनि सेन्टरले जनाएको छ ।