ओली–प्रचण्ड सहमतिः विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी विवाद समाधान हुने भएको छ । विवाद समाधान गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदल गठन गर्ने सहमति भएको छ । सहमति अनुसार आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ताले ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ । डेढ महिनादेखि जारी नेकपाको विवाद अब समाधानतर्फ गएको छ ।