ओली–प्रचण्डको निर्णायक वार्ता वालुवाटारमा जारी


न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्रको आन्तरिक किचलो समाधान गर्न नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । जारी विवाद टुंगो लगाउने गरी दुई अध्यक्षकोबीचमा भेटवार्ता सुरु भएको हो ।

लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने बताइएको छ । वार्तामा सहभागी एक नेताका अनुसार आजको वार्ताले केही परिणाम ल्याउँछ भन्ने आशा रहेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको जारी विवाद पाँच दिनभित्र टुंगो लाग्ने बताएसँग हिजोबाट सहमति कायम गर्ने गरी वार्ता सुरु भएको थियो । दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोेगिका रुपमा सहभागी हुदै आउनुभएको छ ।