सभामुख सापकोटा सिन्धुपाल्चोककाे लिदिमा, यस्ताे देखियाे पहिरो गएको गाउँको दर्दनाक दृष्य (फोटोफिचर

३६ जना पुरिएर बेपत्ता, ५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगियो


न्युज अफ नेपाल,काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा पगेर घटनास्थलको अवलोकन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक पुग्नु भएका सापकोटाले पहिरो गएको क्षेत्रमा निरीक्षण गर्नुभएको हो ।

घटनास्थलमा नेपाली सेनाको सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित गरिएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको बताइएको छ । कति बेपत्ता छन् भन्ने यकिन भइनसकेको छैन् ।

सभामुखका प्रेस सल्ल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरो पुरिएर ३६ जना बेपत्ता रहेका छन भने गम्भीर पाँच जना घाइतेलाई चौतारा अस्पताल लगिएको छ । उहाँका अनुसार वेपत्ता कसैको पनि शव निकालिएको छैन् । अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ ।

तस्बीरमा पहिरोले उजाडिएको लिदि गाउँ

तस्बीरः श्रीधर न्यौपाने सभामुखका प्रेस सल्लाहकारबाट