प्रदेश सरकारको अनियमिताको छानबिन शुरुः सभापति चौधरी

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबिन शुरु गरिएको बताउनु भएको छ ।
रिर्पोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताउनु भयो । सभापति चौधरीले सरकारले सार्वजनिक लेखा समितिको सुझाव कार्यान्वयनमा ध्यान नदिए अनियमितताका फाईलहरु अख्तियारमा बुझाउने चेतावनी दिनु भयो । हामीले गहन रुपमा सरकार सुध्रिनेगरी सुझाव दिन्छौं चौधरीले भन्नु भयो, सुझावलाई बेवास्ता भए फाइल अख्तियारलाई बुझाउँछौं ।
प्रदेश सचिवालयले मर्मत गरेको गाडीको फाइल, कृषि मन्त्रालयको शीत भण्डार निर्माण, लुम्बिनी भ्रमण बर्षको फाइल, सिंचाई निर्माणका फाइल समितिमा मगाएर छानबीन गरिरहेको उहाँले बताउनु भयो ।
फाइलको अध्ययन गर्दा बिनियोजित बजेटको शून्य रकम मौजाद रहनेगरी खरिद र निर्माणका कामहरु भएको समेत पाइएको हुदाँ बजेट खर्चमा बेथिती भएको बलियो प्रमाण दखिएको उहाँको भनाई रहेको छ ।
हाम्रो समितिले खर्च भइसकेपछि मात्रै हेर्ने हो, सभापति चौधरीले भन्नु भयो गत आर्थिक बर्षको अनियमितताको बिषयमा अध्ययन शुरु गरेका छौं । उहाँले बाँके, बर्दिया र दाङ जिल्लामा प्रदेश सरकारले संचालन गरेको बिभिन्न योजनाहरुको अनुगमन गरिसकेको जानकारी समेत गराउनु भयो ।
उहाँले लेखा समितिको पहलमा गत बर्ष गाडी खरीदमा करिब ३६ लाख रकम प्रदेश सरकारको संचित कोषमा फिर्ता गराएको बताउदै प्रदेश सचिवालयले गाडी मर्मतको बिषयको फाइल बिहिबार विहान ८ बजे समितिलाई बुझाएकोे समेत बताउनु भयो ।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राज्यले सुविधा दिएको भन्दा बढी सुविधा लिन खोज्नु गलत भएको बताउनु भयो । उहाँले प्रदेश सचिवालयको बिषयमा उठेको अनियमितालाई कानुनभित्र रहेर छानबिन भई कारर्वाही हुनुपर्ने माग गर्नु भयो । भन्ने बिषय पनि छानवीनको बिषय हुनुपर्ने उनको भनाई थियो । उहाँले अनिमितताका धेरैजसो बिषय मिलाउने नाममा मिलापत्रमा टुगिंने गरेको प्रसङ उल्लेख गर्दे त्यसरी काम भए त्यस बिषयलाई आफुहरुले चालु संसदमा उठान गर्ने बताउनु भयो । कार्यक्रम रिपोर्टर्स क्लब प्रदेश ५ का अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षमा भएको थियो ।