कञ्चनपुरमा कोरोना रोकथाम तथा नियन्त्रणमा १७ करोड ६० लाख खर्च

0
Shares

मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुरमा कोरोना (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागी झण्डै १८ करोड खर्च भएको पाइएको छ । जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुरका अनुसार १७ करोड ५९ लाख ९३ हजार ९ सय ८५ रुपैँया कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको हो ।

कञ्चनपुरमा क्वारेन्टिन निमार्ण, क्वारेन्टिनमा प्रयोग हुँने सामाग्री खरिद, क्वारेन्टिनमा बस्नेको खाना खर्च, आइसोलेसन निमार्ण वा तयारी, आइसोलेसन व्यवस्थापन खर्च, आइसोलेसन खाना खर्च, औषधी, औषधीजन्य सामाग्री खरिद, स्वास्थ्य उपकरण, एम्बुलेन्स सञ्चालन, राहत सामाग्री वितरण, जोखिम भत्ता, यातायात खर्च लगायतका शिर्षकमा स्थानिय निकायहरुले बजेट खर्च गरेको पाइएको छ ।

शुक्लाफाँटामा ३ करोड ७ लाख, कृष्णपुरमा २ करोड ९८ लाख, महाकालीमा २ करोड ३४ लाख, बेलौरीमा २ करोड १० लाख, भीमदत्तमा १ करोड ६९ लाख, पुनर्वास मा १ करोड ६३ लाख, बेदकोटमा १ करोड ४८ लाख, बेलडाँडीमा ९४ लाख र लालझाँडीमा ५९ लाख खर्च ।

कञ्चनपुरमा सबै भन्दा बढी बजेट खर्च रातह सामग्री वितरण भएको पाइएको छ । रातह सामग्री वितरणमा शुक्लाफाँटा नगरपालिकाले सबैभन्दा बढी खर्च गरेको जिल्ला समन्वय समिति कार्यालयको तथ्यांकले देखाएको छ । शुक्लाफाँटा नगरपालिकाले राहत वितरणमा १ करोड १० लाख ४६ हजार ७३ रुपैँया खर्च गरेको छ ।
त्यस्तै रातह वितरणमा कृष्णपुर नगरपालिकाले ७७ लाख ८० हजार खर्च गरेको छ, भने बेलौरी नगरपालिकाले ६२ लाख २५ हजार, भीमदत्त नगरपालिकाले ६० लाख ५६ हजार, पुनर्वास नगरपालिकाले ४६ लाख ८३ हजार, महाकाली नगरपालिकाले ४३ लाख २७ हजार, बेदकोट नगरपालिकाले राहत वितरणमा ३८ लाख १७ हजार, बेलडाँडी गाउँपालिकाले १४ लाख ९६ हजार र लालझाँडी गाउँपालिकाले १३ लाख ६६ हजार रुपैँया राहत सामग्री वितरणमा खर्च गरेको तथ्यांक छ ।

कोरोना(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा सबै भन्दा बढी खर्च गर्ने नगरपालिकामा शुक्लाफाँटा रहेको छ । शुक्लाफाँटाले ३ करोड ७ लाख ९ सय ४ रुपैया खर्च गरेको पाइएको हो ।
खर्च बढी गर्ने मध्ये दास्रो नम्बरमा भने कृष्णपुर नगरपालिका रहेको जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुरको तथ्यांकमा छ । कृष्णपुर नगरपालिकालेले २ करोड ९८ लाख ७० हजार खर्च गरेको हो । त्यस्तै तेस्रो नम्बरमा महाकाली नगरपालिका रहेको छ । महाकाली नगरपालिकाले २ करोड ३४ लाख ८६ हजार रुपैँया खर्च गरेको तथ्यांकमा छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले २ करोड १० लाख ७९ हजार रुपैया कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको हो । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानिय तहका रुपमा रहेको भीमदत्त नगरपालिकाले १ करोड ६९ लाख ४७ हजार रुपैँया खर्च गरेको पाइएको हो ।

त्यैसैगरी, पुनर्वास नगरपालिकाले १ करोड ६३ लाख ७७ हजार खर्च गरेको छ । बेदकोट नगरपालिकाले १ करोड ४८ लाख ३ हजार खर्च गरेको उक्त तथ्यांकले जनाएको छ । बेलडाँडी गाउँपालिकामा ९४ लाख ६२ हजार खर्च गरेको छ, भने लालझाँडी गाउँपालिकाले जिल्लामै सबै भन्दाकम अर्थात ५९ लाख १७ हजार मात्रै खर्च गरेको जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुरको तथ्यांकले जनाएको छ ।