इञ्जाले पत्रकार वानिंयाको परिवारलाई १ लाख रुपियां सहयोग दिने


न्युर्योक । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जां) ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार वलराम वानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
वरिष्ठ पत्रकार वानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको वताएको छ ।

स्वर्गीय पत्रकार वानिंयाको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि इञ्जाले माग गरेको छ ।
पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार वानियांको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालिन कोषवाट १ लाख रुपिंया दिने निर्णय गरेको इन्जाका सचिव दीपक रिजालले जानकारी दिए ।
यस संकटको क्षणमा स्वर्गीय वानियाको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।