मलेखुदेखि धदिङबेंसी क्षेत्रमा निषेधाज्ञा, गल्छी बजार सिल


सीताराम अधिकारी, धादिङ
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारी समुदायस्तरमा जान सक्ने सम्भावनालाई रोकथाम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने गल्छी गाउँपालिकाले गल्छीबजार सिल गर्दै पालिकाभित्रका राजमार्ग क्षेत्रका पसल बन्द गराएको छ ।
एक होटल सञ्चालक र प्रहरीका एक उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रसासन कार्यालयले साउन २८ गते राति १२ बजेदेखि भदौ ३ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमक रोग ऐन–२०२० बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।
कालु पाण्डेमार्गको मलेखु धादिङबेंसी खण्ड, नीलकण्ठ नगरपालिका–२, ३, ४, ७ ८, १२ र १४ का क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
मानिस हिँडडुल गर्न, सबै किसिमको यातायात सञ्चालन गर्न, व्यापारव्यवसाय सञ्चालन गर्न पूर्णरूपमा रोक लगाइएको छ भने अत्यावश्यक कामबाहेक कोही कसैलाई घरबाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले सूचना गरेको छ ।

बुधबार बसेको संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा रहेका एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राख्ने, स्वाब संकलन गर्ने भीटीएम, व्यक्तिगत सुरक्षा सामग्री र जनशक्ति संघीय सरकार र प्रदेश सरकारसंग माग गर्ने, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक टे«सिङ गरी परीक्षणका लागि नमुना संकलन गर्नेलगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ु
यसै गरी त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रका सबै बैंक, वित्तीय संस्था, होटल, शैक्षिक संस्था, बन्द गराउने, र करदाता सेवा कार्यालय गल्छीको सेवासमेत बन्द गरिने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।
त्यस्तै, गल्छी गाउँपालिकाले गल्छी बजारलाई एक साताका लागि बन्द गरेको छ । गल्छी गाउँपालिका क्षेत्रका व्यापार व्यवसाय, र सरकारी सेवासमेत एक सातासम्म बन्द गर्न गाउँपालिका अध्यष कृष्णहरि श्रेष्ठको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको हो ।

यस क्षेत्रमा सञ्चालित उद्योग, बालुवा प्रशोधन गर्ने फिरफिरे, खोलाबाट निकालिने बालुवासमेत निकाल्न नपाइने गरी बन्द गरिएको छ । नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन निर्देशन गरिएको छ भने घरबाहिर निस्कनै पर्दा मास्क लगाएर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई १ सय रुपियाँ जरिवाना गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

एकको ज्यान गयो
धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
काठमाडांैको ह्याम्स अस्पतालमा श्वास–प्रश्वास र फोक्सो उपचारका लागि भर्ना भएका ३५ वर्षीय तुलबहादुर गुरुङको मृत्य भएको कुरुवा श्याम गुरुङले जानकारी दिनुभयो ।
धादिङ अस्पतालमा बहिरंग सेवा अन्तरगत टिकट लिएर साउन २६ गते अस्पताल आएका गरुङङ सोही दिन धादिङ अस्पतालले प्रेषण गरेपछि काठमाडांै लगिएको थियो ।
धादिङमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।