एका बिहानै भेटियो महेन्द्रनगरको सब्जीमण्डी रोडमा प्रेसर कुकर बम


महेन्द्रनगर । महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा प्रेसर कुकर बम भेटिएको छ । बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।

सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको छ । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए ।

‘राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ः५० बजे निष्क्रिय पारियो’ उनले भने,‘बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’