वडाअध्यक्ष महर्जनको रिहाई

2k
Shares

न्युज अफ नेपाल ललितपुर ।

ललितपुर महानगरपालिका– ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनलाई बुधबार साधारण तारेखमा रिहाई गरिएको छ ।

जिल्ला अदालत ललितपुरले उहाँलाई साधारण तारेखमा रिहा गर्न बुधबार आदेश दिएको थियो ।

वडाले बनाएको नाता प्रमाणित पत्रलाई पनि आधार बनाएर मिर्गौला तस्करी गरिएको र त्यसमा संलग्नताको आरोपमा वडाअध्यक्ष महर्जनलाई असार २६ गते शनिबार नेपाल प्रहरीको मानव तस्कर ब्युरोले नियन्त्रणमा लिएको थियो ।

वडाले प्रक्रिया पु¥याएर कानून बमोजिम गरिएको नाता प्रमाणितलाई मेडिकल माफियाको गिरोहले कीर्ते गरेर वडाअध्यक्ष महर्जनलाई फसाइएको भन्दै विभिन्न संगठनले उहाँको न्यायको लागि प्रदर्शन गर्दै आएको छ ।