बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्। हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन्। मुलुकभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्। विगत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ।