पत्रकार बलराम बानियाँ मृत फेला

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार बल्खु खोलामा हाम फालेर बेपत्ता भएका पत्रकार बलराम बानियाँ हेटौंडामा मृत फेला परेका छन् । पत्रकार बानियाँ कान्तिपुर दैनिकमा करिब दुई दशकदेखि आबद्ध थिए ।
बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् ।

उनको बाइलाइनमा कान्तिपुर दैनिकमा प्रकाशन समाचारका बिषयमा सम्पादकीय समूहबाट सार्वजनिक क्षमायाचना गर्नुपरेपछि उनी तनावमा रहेको बुझिएको छ ।

मदिरा सेवन गरी बल्खुखोलामा हाम फालेका पत्रकार बानियाँको शव हेटौंडामा फेला परेपछि हाल पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको महानगरीय प्रहरीको अपराध महाशाखाले जनाएको छ ।