मेडिसिटीमा मृत्यु हुने जनकपुरका पूर्व मेयर

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं ।

विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ३ जनाको ललितपुरको किस्ट, नेपाल मेडिसिटि र पाटन अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मेडिसिटिमा साउन ५ गते भर्ना भएका ७३ वर्षका कृष्ण गिरीको गएराती १० बजेर ३० मिनेट जाँदा मृत्यु भएको हो । उहाँ जनकपुरका पूर्व मेयर भएको अस्पताल स्रोतले जनाएको छ ।

उहाँ पछिल्लो समय जनकपुमै होटल व्यवसाय गर्दै आउँनुभएको बुझिएको छ । उहाँलाई जनकपुरमा निमोनिया, झाडापखाला, स्वास फेर्न गाह्रो भएकाले विमान चार्टर गरि साउन ५ गते भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा ल्याईएको थियो ।

जनपुरमै गरिएको पिसिआर परिक्षणको रिपोर्ट ७ गते आउँदा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको सोही अनुरुप आइसोलेसनमा राखी उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।
यस्तै किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी काठमाडौं टेकुकी ७८ वर्षकी वृद्धाको रिपोर्ट पोजेटिभ आएको छ ।

वृद्धाको बुधबार विहान सवा १ बजे उपचारका क्रमका मृत्यु भएको हो । यसअघि आजै पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो ।