पानी वितरणमा नियमितताको माग गर्दे पत्रकारको धर्ना


पाल्पा, (नेस)
पाल्पा जिल्ला सदमुकाममा वितरण गरिने खानेपानी नियमित होस् भन्ने माग राख्दै पत्रकार जगदीश भट्टराईले आइतबार एक घन्टा शान्तिपूर्ण धर्ना दिनुभएको छ ।

तानसेनको बतासेडाँडा क्षेत्र र आम उपभोक्ताका धारामा पानी नियमित आउर्नु े माग गर्दे तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमा पहिलो दिन आइतबार सांकेतिकरूपमा धर्ना बसेको र समस्याको समाधान नभएसम्म धर्ना नियमितरूपमा चलिरहने भट्टराईले बतानुभयो ।

यस विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले धर्ना दिनुपरेको उहाँले कथन छ । शान्तिपूर्ण धर्नामा पत्रकार मानव अधिकारकर्मी तथा सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन् ।
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा बाह्रै महिनाजसो खानेपानीको समस्या हुने गर्दछ । अहिले वर्षात्का बेलामा पनि ३÷४ दिन बिराएर एक घण्टा मात्रै धारामा पानी आउने गरेको छ ।

आंशिक प्राध्यापकको तालाबन्दी
यसैबीच पेसागत सुरक्षाको माग राख्दै त्रिभुवन बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरूले प्राज्ञिक थलोमा श्रम शोषण भएको भन्दै आइतबार तालाबन्दी गरेका हुन् ।

विश्वभर महामारी फैलिएको कोरोनाको संकटको समयमा अन्य प्राध्यापकले हाजिरी गरी तलब पाइरहँदा आफूहरू अन्यायमा परेको भन्दै तालाबन्दी गरेको आंशिक प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण आलेले बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले यो देशव्यापी समस्या भएकाले त्रिभुवन विश्वविद्यालयले नै निकास निकाल्नुपर्ने बताउनुभयो ।