पोखराका कर्मचारीमा कोरोना

0
Shares

पोखरा, (नेस)
पोखरामा पछिल्लो समय स्थानीयस्तरमा कोरोना भाइरस देखिन थालेको छ । सोमबार पोखरा महानगर–२७ को कार्यालयमा कार्यरत कर्मचारी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पोखरामा संक्रमित स्थानीयको संख्या ६० पुगेको छ ।

४० वर्षीय महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय परिसर सिल गरिएको छ । कार्यालय आगामी ३० गतेसम्मका लागि बन्द गरिएको वडा अध्यक्ष पूर्णसिंह गुरुङले जानकारी दिनुभयो ।

वडाध्यक्ष गुरुङसहित अन्य दुई महिला कर्मचारीको पीसीआर परीक्षण गर्दा दिर्घरोगीसमेत रहेकी महिलामा कोरोना पुष्टि भए पनि वडा अध्यक्ष र अर्का महिला कर्मचारीको नतिजा भने नेगेटिभ आएको थियो ।

बिहीबारदेखि ज्वरो आएको उक्त कर्मचारीले शुक्रबारसम्म कार्यालयमा काम गरिरहेकी थिइन् ।