औपचारिकतामा परम्परा धानिँदै रोकिए पाल्पाका जात्रा


कविराज नेपाल, पाल्पा

विगतका वर्षमा जस्तो सामान्य अवस्था भएको भए साउनको महिना पाल्पा जिल्ला सदरमुकाम तानसेन र आसपास यतिवेला जता पनि जात्रै जात्रा देखिन्थो तर कोरोना कहरका कारण यतिवेला पाल्पाका जात्राहरु प्रभावित वनेका छन ।

संक्रमण समुदायस्तरसम्म पुग्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउनका लागि प्रशासनले जिल्लामा कुनै पनि जात्रापर्व, महोत्सव नगर्न आग्रह गरेअनुरुप जिल्लामा जात्रा पर्वहरु प्रभावित वनेका हुन । स्थिति सहज हुदा पाल्पा जिल्ला सदरमुकाम जात्रै जात्राको शहर भनेर कहालाइन्थो ।

वजारमा भिडभाड चहलपहल व्यापार व्यवसायको वृद्धि, आफन्तसँग भलाकुसारी र सुखदुख साटने अवसर पनि यहाँका मानिसले पाउँथे तर यो पाली भने पाल्पामा कुनै पनि जात्राहरु निकालिएका छैनन केवल सांकेतिक रुपमा थोरै मात्रको उपस्थितिमा रथयात्रा निकाल्ने र परम्परा धान्ने काम मात्रै भएको छ ।

खास गरी नेवारहरुको बसोबास रहेको र परम्परादेखि जात्राको विशिष्ट परम्परा वोकेको पाल्पा जिल्ला सदरमुकाम तानसेनलाई दिनदिनैजसो जात्राहरु निकालिने भएको हुनाले जात्रामय शहरको उपमा दिइने गरेको हो । खासगरि गाइजात्राको दिन देखि दिनदिनैजसो जात्रैजात्रा निकालिने भएकाले यहाको चहलपहल वढेदै जाने र पुरानो परम्परा र संस्कृतिलाइ नजिकवाट नियाल्ने मौका पनि जनताले पाउथे तर यो वर्ष भने यो अवसर जुटेन ।

गाईजात्रा अर्थात श्रावण शुक्ल प्रतिपदादेखि भाद्र कृष्ण नवमीसम्मको दश दिन भन्दा बढी समयसम्म चल्ने परम्परगत जात्राहरुमा गाईजात्रा निर्गुण तथा वास्सा मानिसहरुले सडकमा खेतमा गरिने रोपाइँको नक्कल गर्दै विविध प्रकारले रोपाइकै शैलीमा बाउसे, रोपाहर, खेताला, गोरु, मालिक आदी भई गरिने मनोरञ्जनात्ममक प्रस्तुति रोपाइजात्रा, बाघ जात्रा, श्रीनगर गणेश जात्रा, टक्सार गणेश जात्रा पनि प्रदर्शन गर्ने गरिएकोमा कपिय जात्राको समय गइसक्यो केवल औपचारिकतामा सीमित संख्यामा मानिस जुटेर परम्पार धानियो भने कतिपय जात्रा आउन बाँकी छन र यसैगरि परम्परा धान्ने काम हुनेछ ।

यस्तै तानसेनको पुरानो भिमसेन जात्रा, यस क्षेत्रकै प्रसिद्ध श्री ७ रणउज्जेश्वरी भगवति रथयात्राले पनि यहाको साँँस्कृतिक बैभवलाई अगाडि वढाइरहेका छन तर सवै जात्रा तथा पर्वहरु यस वर्ष विथोलिए अर्थात प्रभावित वने । चुईकी फिराई, अमर नारायण जात्रा पनि यस वर्ष भएन र देखिने छैनन ।

सरकारको निर्णय मान्दै भिडभाड नगरी धार्मिक विधि पूरा गर्ने र सांकेतिक रूपमा मात्रै जात्रा–पर्व मनाउने गरि यहा भएको सम्वन्धित पक्षको वैठकअनुसार यहाको विशिष्ट जात्रा भगवति जात्राको तयारी थालिएको रणउज्जेश्वरी भगवति मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले वताउनु भयो ।

उहाँले विगतमा राजादेखि प्रधानमन्त्री मन्त्रीलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा मन्दिर परिसरबाट निकालेर सिन्दूर जात्रा गर्दै शहरका विभिन्न टोलमा घुमाइने परम्परा रहेको भगवतिको रथ यस वर्ष मन्दिर परिसरमा मात्रै घुमाएर औपचारिकता पुरा गर्दै सांस्कृतिक तथा धार्मिक महत्व दशाउने योजना रहेको वताउनुभयो ।

भगवतीजात्रामा मन्दिरभित्र हुने सबै पूजाआजा गर्ने, बलि चढाउने र मन्दिरवरिपरि मात्र रथयात्रा गर्ने गरी तयारी गरे पनि सर्वसाधारण सहभागितामा रथायात्रा नहुने उदयको भनाइ छ । सास्कृतिक धार्मिक पक्ष एकातर्फ हुदा पनि पनि हरेकको स्वास्थ्य महत्वपूर्ण रहेको हुनाले यसो गरिएको उहाको भनाइ छ ।

यहाको मात्र नभएर जात्रा पर्व र संस्कृतिमा एकैपटक प्रभाव परेको यो पहिलोपटक हो । कोरोनाको जोखिम कायम रहिरहेकाले परम्परा संस्कृति जगेर्ना गर्ने काममा लाग्दा झनै जोखिम देखिने होकि भन्ने चिन्ता यहाका मानिसले गरेका छन ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना फैलिने र भिडभाड गर्दा संक्रमण समुदायस्तरसम्म पुग्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउनका लागि जिल्लामा कुनै पनि जात्रापर्व, महोत्सव नगर्न आम नागरिकलाई आग्रह गरिएको जानकारी दिनु भयो । यसैअनुसार जिल्लामा जात्राहरु नगरिएका हुन । लकडाउन खुकुलो भएसँगै जोखिम बढेको हुनाले सबैले सतर्कता अपनाउनुको अर्को विकल्प नभएको उहाले वताउनुभयो ।