आमाको उमेरका अभिनेतासँग लीलाको बिहे

0
Shares

५९ वर्षका हलिउड स्टार सान पेनले २८ वर्षीया अस्ट्रेलियन अमेरिकन अभिनेत्री लीला जर्जका साथ विवाह गरेका छन्। यस खबरको जानकारी उनीहरूको नजिकका एक साथीले सामाजिक सञ्जालमार्फत दिएको अमर उजालाको समाचारमा उल्लेख गरिएको छ।

उनीहरूले गोप्यरूपमा विवाह गरेको र विवाहमा नजिकका पारिवारिक सदस्य मात्र सरिक भएको समाचारमा उल्लेख छ। यही अगस्टमा ६० लाग्ने अभिनेता सानभन्दा लीला ३२ वर्ष कान्छी छिन्। जुन उमेर लीलाको अभिनेत्री आमा ग्रेटा स्काचीको उमेर बराबर छ।

सान र लीला सन् २०१६ देखि एक–अर्कालाई डेट गरिरहेका थिए। यो सानको तेस्रो विवाह हो। सन् १९८५ मा सानले पहिलो विवाह पप सुपरस्टार म्याडोनाका साथ गरेका थिए। उनीहरूबीचको दाम्पत्य सम्बन्ध ४ वर्षपछि टुटेको थियो। सन् १९९६ मा सानले दोस्रो विवाह अभिनेत्री रोबिन राइटका साथ गरेका थिए।

उनको दास्रो विवाह पनि १४ वर्षपछि अर्थात् सन् २०१० मा टुटेको थियो। यसभन्दा अघि सानको नाम आफैंले सञ्जालन गरेको हेतियन रिलिफ नामक संस्थामा सञ्चार निर्देशकका रूपमा कार्यरत सन्नोन कोस्टेलोसँग पनि जोडिएको थियो।