मेलिनाले ल्याइन् नयाँ गीत


लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन्।

यसपटक गायिका राईले संगीतकार सुनील मास्केको संगीत निर्देशन तथा गीतकार अर्जुनरत्न भिखारीका शब्दमा आफ्नो सुरिलो स्वर भरेकी छन्। गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ। गीतको म्युजिक भिडियो आकर्षक बनेको छ।

निर्देशक युवराज वाइबाद्वारा निर्देशित भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन्। उनलाई साथीहरूले साथ दिएका छन्। भिडियोमा मनीता गहतराजको कोरियोग्राफी छ।उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।