गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ मा कोरोना

सबै भन्दा बढी नवलपुरमा

0
Shares

नेपाल समाचारपत्र, पोखरा
सोमबारसम्ममा गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ जना कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
जसमध्ये १३ सय ५१ जना पुरुष रहेका छन् भने १ सय ८४ जना महिला रहेका छन् ।
गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्कअनुसार २५ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १ हजार ५ सय ३५ जनको पोजेटिभ तथा २३ हजार ७ सय ४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमित नवलपुरमा देखिएको छ । हालसम्म नवलपुरमा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ सय १ जना निको भएर फर्किसकेका छन् भने २३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै नवलपुरपछि सबैभन्दा बढी संक्रमित भने स्याङ्जा जिल्लामा देखिएको छ । स्याङ्जामा हालसम्म २ सय ७२ जना कोरोना संक्रमित पुष्टि भएको हो । १ सय ९४ जना निको भएर घर फर्किएका छन् भने ७६ जना आइसोलेसनमा रहेका छन् । बाग्लुङमा भने कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । बाग्ल्ुङमा हाल सम्म २ सय ३३ जना निको भइसकेका छन् भने १२ जना आइसोलेसनमा रहेका छन् ।
तनँहुमा १ सय ८३ संक्रमितमध्ये १ सय ६६ जना निको भइसकेका छन् भने १७ जना आइसोलेसनमा रहेका छन् । गोर्खामा १ सय ६ जनामध्ये १ सय ३ जना निको भइसकेका छन् भने २ जना आइसोलेसनमा रहेका छन् । पर्वतमा भने ९९ जना संक्रमितमध्ये ९७ जना निको भइसकेका छन् । २ जना आइसोलेसनमा रहेका छन् । कास्कीमा भने हालसम्म १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३ जना स्थानीय समेत रहेका छन् । कास्कीमा १ सय १५ जना निको भएर घर फर्किएका छन् भने ३० जना आइसोलेसनमा रहेका छन् । म्याग्दीमा ४७ जनामध्ये ४१ जना निको भएका छन् भने ६ आइसोलेसनमा रहेका छन ।
लम्जुङमा संक्रमितको संख्या १ सय ११ पुगेको छ । जसमध्ये ९६ जना निको भएका छन् भने १५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै मनाङ र मुस्ताङ भने हालसम्म १–१ जनामा संक्रमण देखिए पनि निको भएर घर फर्किसकेका छन् ।