ठगीको आरोपमा अमेरिकी नागरिक पक्राउ

0
Shares

काठमाडौं, (नेस)
भक्तपुरका टुकनारायण श्रेष्ठलाई ठगी गरेको आरोपमा प्रहरीले अमेरिकी नागरिक डानियल लि मगेईलाई पक्राउ गरेको छ ।
श्रेष्ठको नाममा रहेको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गराइदिने भन्दै १० लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि श्रेष्ठले महानगरीय अपराध महाशाखामा उजुरी दर्ता गराएका थिए ।
अमेरिकी नागरिक डानियलले सुजन थापा र सन्दीप कार्कीलाई बिजनेस भिसामा अमेरिका लैजाने भन्दै प्रतिव्यक्ति ५ लाख रुपियाँसमेत ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितसँग पैसा लिएपछि क्षेत्रपाटीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । डानियलले अन्य व्यक्तिलाई समेत ठगी गरेको आशंकामा प्रहरीले जानकारी दिन समेत आग्रह गरेको छ ।