आज थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ ।

यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । देशभर ५ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।