मलेसिया काण्ड : कुट्ने र कुटी माग्ने दुवै नेपाली नागरिक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

केही दिनअघि मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।z

सो भिडियोमा देखिए अनुसार ड्युटीमा रहेका गनर्डमाथि कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो ।

यसै विषयमा सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटि माग्ने दुबै जना नेपाली नागरिक भएको जनाएको छ । कुट्ने नेपाली व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ रहेको र गार्डको काम गर्ने इस्लाम हुसेन रहेको दूतावासले जनाएको छ । मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ ।

घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ ।