अनसनरत ईः को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

वसन्तपुरमा १७ दिनयता अनसनरत इनफ इज इनफ अभियन्ता ईः अस्पताल भर्ना भएका छन् ।

कोेरोना महामारीको जोखिम कम गर्न पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र सरकारलाई जनताको स्वास्थ्य प्रति हेलचेक्रयाइ नगर्न माग राख्दै अनसन बसेका ई: को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या देखिएको जनाइएको छ ।

यसअघि उनका माग पूरा गर्ने जनाउदै स्वास्थ्य मन्त्रालयले अनसन तोड्न आग्रह गरेको थियो । तर माग पूरा नभएपछि ई: लगाएत अभियन्ताहरु पुन: अनसनमा बसेका हुन् ।

उनीहरुको अनसनमा विभिन्न राजनीतिक दलका नेताहरुले समेत एक्वेबद्धता जनाएका छन् ।