गैडहवा गाउँका १ सय ८० विपन्न परिवारलाई जस्तापाता वितरण


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिव १ सय ८० घर परिवारहरुलाई जस्तापाता बितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई टिनको छानो बनाउने कार्यक्रम अन्तर्गत गैडहवा गाउपालिकाका १ सय ८० बिपन्न घरपरिवारहरुलाई प्रति परिवार १०/१० थान जस्तापाता बितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिनु भएको छ ।

फुसको छानो भएका बिपन्न घरपरिवारहरुलाई सम्बोधन गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले गैडहवा गाउपालिकाकालाई फुसको छानोमुक्त गाउपालिका बनाउने गाउपालिकाको लक्ष्यलाई मुर्तरुप दिन मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमले महत्वपुर्ण सहयोग गरेको बताउनु भयो ।

उहाँले यस कार्यक्रमले गैडहवा गाउपालिकाका फुसको छानो भएका बिपन्न घरपरिवारहरुलाई निकै राहत दिने र आफ्नो घरमा भएको फुसको छानो हटाईे जस्तापाताले छाउनु पर्ने बताउनु भएको छ ।

आगामी बर्षमा अन्य बिपन्न परिवारहरुको घरलाई पनि जस्तापाताले छाएर फुसको छानो मुक्त पालिका बनाइने उहाँले बताउनु भयो ।
उपाध्यक्ष सुभावती यादवले स्थानिय तहमा जननिर्वाचित जनप्रतिनीधि गठन भएपछि गैडहवा गाउपालिकामा भएका फुसको छानो हटाउने गाउपालिकाकोे सपनालाई साकार बनाउनमा हरेक जनप्रतिनीधि र बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

आ.व. २०७६।०७७ को बजेटबाट जस्तापाता खरिद गर्नका लागि बनेको उपभोक्ता समितिका संयोजक महादेव पौडेलले पालिकाका ९ वटै वडाहरुवाट प्रति वडा २० बिपन्न घरपरविारहरुको छनौट गरी जस्तापाता बितरण गर्न सुझाव द्रिएको बताउनु भयो ।

वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीको अध्यक्षतामा भएको जस्तापाता बितरण कार्यक्रमको सहजीकरण गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले गर्नु भएको थियो ।