चार जना खसी चोर रङ्गेहात पक्राउ

0
Shares

न्युज अफ नेपाल, सुनसरी ।

खसी चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलवारीका रोशन पराजुली, मोरङ सुन्दर हरैचाका डम्बरबहादुर आले, इलाम माईजोगमाई गाँउपालिकाका विशाल गुरुङ र ताप्लेजुङ बाखो खोपातालका विवेक तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चोरेर भाग्दै गर्दा पक्राउ परेका हुन् । उक्त समूहको साथबाट प्रहरीले एउटा टेम्पो र दुईवटा खसी बरामद गरेको हो । पक्राउ परेका उनीहरु पहिलेदेखि नै अन्य चोरीमा समेतसंलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।