डक्टर डेनिमको फिल्ममा मनिष


क्लोथिङ ब्रान्ड डक्टर डेनिमले नेपाली फिल्ममा लगानी गर्ने भएको छ। आगामी वर्ष रिलिज हुने गरी यो ब्रन्ण्डले फिल्म निर्माण गर्ने भएको छ।
प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा प्रेम गीत ३ का अभिनेता मनिष राउतले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। डक्टर डेनिमको ब्रान्ड एम्बेसडरसमेत रहेका राउतको जोडी नायिका भने छनोट हुन बा“की रहेको डक्टर डेनिमका सीईओ निलुस गौतमले बताए। यो फिल्ममा गौतम निर्माता रहनेछन्। आफ्नो ब्रान्डलाई भने प्रस्तुतकर्ताका रूपमा राखिने उनले बताए।
फिल्मका निर्देशक, लेखकसहित अन्य टिमको भने जानकारी गराइएको छैन। सामान्यतया निर्देशक तथा लेखकका बारेमा कलाकारभन्दा पहिले जानकारी दिइने गरिए पनि निलुसले बनाउने फिल्ममा नायकलाई पहिले परिचित गराइएको छ। केही समयमा नै फिल्मको शीर्षकस“गै लेखक तथा निर्देशकको परिचय दिने निर्माता गौतमले बताए। मनिष राउतको एउटा पनि फिल्म रिलिज नभए पनि उनी दर्शकसामु चर्चित छन्। विशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई गत वर्षको अन्तिमदेखि फिल्म प्रेम गीत ३ मा हेर्न पाउने भएका थिए। तर नोबल कोरोना भाइरसको महामारीका कारण रिलिज अनिश्चित भएपछि मनिषलाई हेर्न पाएका छैनन्। उनले प्रेम गीत ३ मा अभिनय गर्ने पक्का भएपछि उनलाई डक्टर डेनिमले ब्रान्ड एम्बेसडर बनाएको थियो। ‘मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मका लागि ब्रान्ड एम्बेसडर बनाएका थियौं। उहा“को क्रेजबाट हामीले हाम्रो ब्रान्ड स्थापित गर्न सफल बन्यौं। अब हामीले उहा“लाई नै लिएर फिल्म बनाउन लागेका छौं’, निर्माता गौतमले भने– ‘मनिषको क्रेज मात्र नभएर उहा“को अभिनय क्षमताले पनि हामी प्रभावित छौं। हामीले प्रेम गीत ३ को टिजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केही लघु फिल्मको अभिनय हेरेका थियौं। उक्त फिल्ममा उहा“ले गरेको अभिनयले भोलिको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु।’
स्क्रिप्ट तयार भइसकेको यो फिल्म नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ। चलचित्रका लागि मनिषको जोडीका रूपमा रहने नायिकाका लागि अभिनय क्षमतासहितकी नया“ कलाकारको खोजी भइरहेको निर्माण पक्षले जानकारी गराएको छ।