मेलम्ची बजारमा पहिरो: आठ जना बेपत्ता


न्युज अफ नेपाल, मेलम्ची ।

गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चाैरसिया,२५ वर्षीय विक्रम थिंग,२३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१  वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेका छन। बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबाट खोजिकार्य भइरहेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।  प्रदेश सरकारको सहयोगमा बन्न लागेको निर्माणाधीन कभर्डहलमा आज विहान २ बजे पहिरो गएको थियो ।

पुरिएका मध्ये एक जना भारतीय र अन्य वीरगञ्जका रहेको उनले बताए। पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रहरी प्रमुख प्रज्ववल महर्जनले जानकारी दिए।