कार्यशैलीमा सुधार गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, (नेस)
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभूतरुपमा सफल भए पनि पूर्णरुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
आइतबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो- ‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभूतरुपमा सफलता प्राप्त गड्डयौं तर पूर्णरुपमा प्राप्त गर्न सकेनौं। त्यसैले आगामी दिनमा अहिलेका कमजोरी सुधार गरेर पूर्ण लक्ष्य प्राप्त हुने गरी काम गर्नुहोस्।’
अनुगमन, रिपोर्टिध्र प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्न उहाँले निर्देशन दिनुभयो। राष्टझको सुरक्षा, नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकोे टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको काम कारबाही पनि संवेदनशील भएरै निर्वाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो।
उहाँले तोकिएका लक्ष्य, काम कारबाही हासिल गर्न नसक्नुका कारण खोजिनुपर्ने भन्दैै त्यस्ता कार्य दोहरिए कारबाही गर्ने चेतावनीसमेत दिनुभयो। गृहमन्त्री थापाले अहिले सीमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सीमामा पाँच सय बीओपी स्थापनाको प्रक्रिया अगाडि बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोतसाधन जुटाउने पहल भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आ≈वानका काम सकेर दोस्रो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो।
बैठकमा राष्टिझय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृह मन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोषजनक देखिए पनि पुँजीगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले गत आर्थिक वर्षमा मन्त्रालयले १९ विभिन्न विषयमा नीतिगत तथा कानुनी सुधार गरेको, लागूऔषध प्रयोगकर्ता सर्वेक्षण सम्पन्न गरेको, मन्त्रालय र अन्तर्गतको बेरुजु फछर्Èोट ७५ प्रतिशत भएको, अध्यागमन विभागमा बायोमेटिझक पहिचानसहितको नेपाली पोर्ट शुरु भएको, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि डीएमएस सूचना प्रणलीको प्रयोग गरिएको, कैदीबन्दीलाई सीपमूलक तालिम प्रदान शुरु गरिएको, ३६ स्थानमा सीमामा सुरक्षाका लागि थप बीओपी स्थापना गरिएकोलगायतका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो।