आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज १११ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भइसकेको छ ।