अनाच्ने हो, गाउने हो डिब्सटर्व नगर


गायिका प्रीति आलेले तीज गीत सार्वजनिक गरेकी छिन्। उनले गाएको हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर बोलको तीज गीत बिहीबार सार्वजनिक भएको हो।

राजबहादुर सानेको शब्द–संगीत र लय रहेको गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन्।

गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ। किम्भे प्रडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा गायिका प्रीति आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सविता आले, विमला गुरुङ, ज्याक गुरुङ, शिशिर रणा, दीपकजंग शाहीलगायतले अभिनय गरेका छन्।

किम्भे प्रोडक्सनको ब्यानरमा सौर्यल थापाले निर्माण तथा प्रकाश हमालले सहनिर्माण गरेको भिडियो युयुश ढकालले छायांकन गरेका छन्। नेपाली हिन्दू नारीको मौलिक र महान् चाड तीजकै अस्तित्व धरापमा पर्ने गरी छाडा संस्कृति मौलाइरहेका बेला यो गीत र भिडियो नेपाली परम्परालाई प्रवद्र्धन गर्ने गरी तयार पारिएको दाबी निर्माण पक्षको छ। यसको सुटिङ धार्मिक नगरी शालिनदीमा गरिएको छ।