अभियन्ता नेल्सन मन्डेलाका जीवनका महत्वपूर्ण घटनाक्रम

0
Shares

अफ्रिकामा रंगभेद विरुद्ध अथक आन्दोलन गरेका तथा पछि दक्षिण अफ्रिकाका राष्ट्रपति समेत बन्न सफल शान्तिका लागि नोवेल पुरुस्कार विजयी नेल्सन मन्डेलाको जिवनका प्रमुख घटना क्रम यस प्रकार रहेका छन् ।

१९१८ जुलाइ १८ – रोलिह्लाह्ला दालीभुंगा मन्डेलाको जन्म माविदा आदीवासी समुहमा भएको थियो । उनका पिता गाद्ला हेनरी फाकानिस्वा र आमा नोजकेनी फ्यान्नी हुन् । मन्डेलाको आदीवासी नाम रोलिह्लाह्लाको अर्थ समस्या निम्ताउने हो । पछि एकजना शिक्षकले उनको अंग्रेजी नाम नेल्सन राखेका थिए ।

१९१९ – मन्डेलाका पिताले आफ्नो भुमि र पैसा गुमाए । त्यसका लागि गोरा न्याधिशले आदेश दिएका थिए ।

१९२७ – मन्डेलाका पिताको निधन । थेम्वु आदीवासी समुहका नाइके जोन्गिन्तावा दालिनदाइवो उनका अभिभावक बने । दालिनदाइवोले उनको शिक्षामा निकै जोड दिए ।

१९३७ – मन्डेला हिल्डटाउन तर्फ प्रस्थान गरे । उनले इस्टर्न केपको फोर्ट बिउफोर्ट स्थित वेस्लेयान कलेजमा पढ्न थाले । इस्टर्न केपको एलिस स्थित फोर्ट हेयर विश्वविद्यालयमा उनले बि .ए. पढ्न थाले । उनले त्यहाँ आजिवन मित्र ओलिभर टाम्वो भेटे ।

१९३९ – विदार्थी प्रतिनिधि परिषदले विश्वविद्यालयको नीतिहरको बहिष्कार गरेको कायक्रममा भाग लिए वापत उनले फोर्ट हृयर छाड्नु प¥यो । परम्परागत विवाहबाट बच्न उनी जोहान्नेसवर्ग तर्फ लागे ।

उनले त्यहाँ रंगभेदी व्यवहार देखे । काला जातिका जनतालाई भू –स्वामित्व , यात्रा वा मतदान अधिकारबाट वन्चित गरिएको थियो । उनले पत्राचार पाठ्क्रम अनुसार साउथ अफ्रिका विश्वविद्यालयबाट बि. ए .गरे ।

१९४३– मन्डेला अफ्रिकन नेसनल कंग्रेस ( एएनसि ) मा प्रवेश गरे ।

१९४४ – ओलिभर टाम्वो र वाल्टर सिस्लुको सहयोगमा उनले एएनसिको भातृसंगठनको रुपमा युथ लिग गठन गरे । उनले प्रथम पत्नीको रुपमा इभिलिन टोको मासेसंग विवाह गरे । यो विवाह १९५७ सम्म सफल रह्यो । तिनीहरुका तीन सन्तान जन्मिए ।

१९४८ – दक्षिण अफ्रिकी सरकार नेसनल पार्टीले नेतृत्व गर्दा देशभरि रंगभेद फैलियो । काला अफ्रिकीहरुको स्वतन्त्रता धेरै खुम्च्याइयो ।

१९५२ – एएनसिको अवज्ञा आन्दोलनमा उनले अह्म भुमिका निभाए । उनी र ओलिभर टाम्वोले दक्षिण अफ्रिकाकै पहिलो काला जातिको कानुन फर्म खोले । यसले कलाहरुलाई निहुल्क वा न्युन शुल्कमा कानुनी सेवा दिन्थ्यो ।

१९५५ – कंग्रेस अफ पिपुलले स्वतन्त्रता विधान अवलम्वन गर्दै समान अधिकार लागु गर्न माग ग¥यो ।

१९५६ डिसेम्वर ५ –अन्य १ सय ५५ जना कार्यकता सहित मन्डेलालाई राष्ट्रघातीको संगीन अभियोग लगाइयो । उनलाई सरकार पल्टाउन खोजेको आरोप लाग्यो । यो मुद्धा १९५६ देखि १९६१ सम्म चल्यो । अन्तत सबैले सफाइ पाए ।

१९५७ – उनी १३ वर्ष लामो वैवाहिक जिवनपछि पत्नी मासेबाट छुटिए ।

१९५८ – उनले नोमजामो ‘विन्नी ’ मादिकिजेलासंग विवाह गरे । तिनीहरुबाट दुई सन्तान जन्मिए । तिनीहरु १९९२ मा छुटिए । १९९६ मा तिनीहरुको पारपाचुके भयो ।

१९५९ – संसदबाट अझै रंगभेद बढाउने कानुन पारित भयो । एएनसिले सैनिक र आर्थिक समर्थन गुमाउन थाल्यो । यका सदस्यहरु रोवर्ट सोवुक्वि र पोत्लाको लेवाल्लोसंग मिलेर पान अफ्रिकनिस्ट कंग्रेस गठन गर्न तर्फ लागे ।

१९६० – प्रहरीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका ६९ जनाको हत्या ग¥यो। यो घटना सार्पभिलले हत्याकाण्डको नामले चिनिन्छ । त्यसपछि एएनसि प्रतिवन्धित भयो । मन्डेला भुमिगत भए । त्यहिवेला उनले भूमिगत सैनिक समुह गठन गरे ।

१९६१ – अल – इन अफ्रिकन कन्फरेन्समा मन्डेलालाई उमखोन्तोत गुरिल्ला मुभमेन्टको नेता घोषित गरियो ।

१९६२ ,अगष्ट ५ – सत्र महिना लामो भूमिगत पछि उनी पक्राउमा परे । उनलाई जोहान्नेसवर्ग किल्लामा लगियो । उनलाई पाँचवर्ष कैद तोकियो । तर उनी फरार भए ।

१९६४ , जुन १२ – उलाई फेरी पक्राउ गरी राष्ट्रघात र बिद्रोहको अभियोग लगाइयो । ४६ वर्षको उमेरमा उनलाई आजिवन कारावास सुनाइयो । उनलाई रोब्बेन टापुमा थुनियो ।

१९६५ – रोडेसियाले स्वाधिनता हासिल गर्‍यो। नयाँ सरकारमा गोरा समुहहरु मात्र सम्मिलित भए ।

१९६८ – मन्डेलाकी माता फ्यान्नीको निधन । उनका जेठा छोराको पनि कार दुर्घटनामा मृत्यु । तर दुवै अन्त्येष्टिमा उनलाई भाग लिन दिइएन ।

१९७४– रंगभेद नीतिको कारण संयुक्त राष्ट्र संघले रोडेसियालाई निष्कासित गर्‍यो ।

१९७६ – सार्पभिल्ले र सोवेटोमा भएको प्दर्शनमा ६ सय जना भन्दा बढि बिद्यार्थी मारिए ।

१९८० – जिम्वावेले स्वाधिनता प्राप्त गर्‍यो । ओलभरले मन्डेलाको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान शुरु गर्‍यो ।

१९८६ – दक्षिण अफ्रिकाको नाकावन्दिले देशले लाखौं डलरको मूल्य चुकउनु पर्‍यो ।

एमनेष्टिले सम्पूर्ण सरकार विरोधिलाई क्षमा दियो ।

१९९० फ्रेवुअरी ११ – सत्ताइस वर्षपछि नेल्सन मन्डेला कारागार मुक्त भए । एएनसि माथिको बन्देज हट्यो । दक्षिण अफ्रिकाका लागि बहुजातिय प्रजातन्त्र स्थापना गर्न एएनसिले गोरो नेसनल पार्टीसंग वार्ता थाल्यो ।

१९९१ – मन्डेला अफ्रिकन नेसनल कंग्रेस ( एएनसि ) का अध्यक्ष घोषित । अन्तर्राष्ट्रिय ओलम्पिक समितीले२१ व्र्ष लामो प्रतिवन्ध हटाएपछि दक्षिण अफ्रिकाका खलाडीलाई ओलम्पिकमा भाग लिने अनुमति ।

१९९२ अप्रिल – मन्डेला अपारधमा मुछिएकी पत्न िविन्नीबाट छुटिए । चारवर्ष पछि तिनीहरुको पारपाचुके भयो ।

१९९३ – राष्ट्रपति डि क्लार्कसंगै सुयुक्त रुपमा मन्डेलालाई नोवेल शानित पुरुस्कार प्रदान गरियो ।

१९९४ , अप्रिल २६ – पहिलो पटक काला दक्षिण अफ्रिकीलाई मतदान अधिकार प्राप्त । मन्डेला राष्ट्रपतिय उम्मेदवार बने । राष्ट्रिय सभामा एएनसिले ४ सय मध्ये २ सय ५२ सिट जित्यो । मेमा मन्डेला दक्षिण अफ्रिकाको पहिलो काला राष्ट्रपति बने । डि क्लेर्क उप-राष्ट्रपति बनाइए ।

१९९८ – आफ्नो असियौं जन्मदिनको पलक्षमा उनले ग्रसा माचेलसंग विवाह गरे । माचेल मोजाम्विकका पुर्व राष्ट्रपति सामोरा माचेलकी विधवा हुन् ।

१९९९ – सन् १९९७ मा एएनसिका अध्यक्ष उम्मेदवार थावो बेकीलाई राष्ट्रपति बनाएर उनले विश्व यात्रा शुरु गरे ।

२००१ – उनले बुरुन्डीको गृहयुद्धको अन्त्यका लागि मध्यस्थकर्ताका भुमिका निभाए । उनको प्रोस्टेट क्यानस पहिचान भएपछि उपचार हुरु गरियो । क्यानाडाले उनलाई मानार्थ नागरिकता प्रदान ग¥यो ।

२००३ – उनले अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशको विदेश नीतिको सार्वजनिक रुपमा विरोध गरे ।

२००४ जुन – उनले ८५ वर्षको उमेरमा सार्वजनिक जिवनबाट अवकास लएको घोषणा गरे । उनी जोहान्नेसवर्गको सबैभन्दा उच्च उपाधि ‘ नगर स्वतन्त्रता ’ बाट सम्मानित भए ।

२००६ जनवरी ६ – मन्डेलाका पुत्र मकगाथोको एडसबाट मृत्यु ।

२०१३ जुन – पछिल्ला केहि वर्षदेखि अस्पतालमा पटक पटक उपचार हुँदै गरेका उनलाई फोक्सोको संक्रमणको कारण पुन अस्पताल भर्ना गरियो । ५ डिसेम्वरमा उनको ९५ वर्षको उमेरमा निधन भयो ।