कोरोनाको चपेटामा वीरगन्ज, काममा नजाने २५ स्वास्थ्यकर्मी पक्राउ

0
Shares

न्युज अफ नेपाल, वीरगन्ज ।

लकडाउन खुलेसँगै देशका आधिकांस ठाउँमा कोरोना संक्रमणको उच्च जोखिम बढेको छ । वीरगन्जमा मात्रै संक्रमणका कारण पछिल्ला दुई दिनमा पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु हसनेमा वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका सीईओ समेत मृत्यु भएको छ । साउन महिनामा मात्रै हेर्ने हो भने वीरगन्जमा ९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

यस्तै, बिहिबार पर्सामा भेटिएका ४१ जनामा संक्रमितमध्ये ३७ जना वीरगन्जकै हुन् । कोभिड अस्पतालमा भर्ना रहेका ६२ जना संक्रमितमध्ये चारको अवस्था हाल पनि गम्भीर रहेको छ । आईसीयूमा राखेर उपतार गरिएको उनीहरुको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकले जनाएका छन् । असार अन्तिमसम्मा संक्रमितको संख्या घटेको थियो तर सरकारले लकडाउन खुलेको घोषण गरेलगत्तै मानिसको चलहलपहलले कोरोना संक्रमण खतरनाक रुपमा फैलिरहेको छ ।

संक्रमणको सुरु सुरुमा कोरोनाको लक्षण देखा नपरेपछि हालका आधिकांस बिरामीमा भने धेरै प्रकारका लक्षण देखा परेका छन् । यसले सबैमा त्रास पैदा गरेको छ । संक्रमित फैलिदै गएपछि वीरगन्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । मास टेस्टिङमा संकलन गरिएका स्वाबमा २० प्रतिशतभन्दा बढी मानिसको कोरोना रिपोर्ट पोजेटिभ आइरहेको नारायणी अस्पतालले जनाएको छ। यहाँका आइसोसन वार्ड र अस्पतालमा समेत बिरामी राख्ने पर्याप्त ठाउँ छैन । यसै कारण हालका धेरै जसो संक्रमित आफ्नै घरमा बस्न बाध्य छन् । कोभिड अस्पतालमा मात्र ५० बेड रहेका छन् जुन अहिले भरिएका छन् । यसै कारण १२५ जना बढीलाई घरमै राखेर उपचार गर्न परेको चिकित्सकले जनाएका छन् ।

यस्तै, कोरोनाको महामारिका बेला काममा जान नमान्ने वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले विभिन्न बहाना बनाइ काममा नगएको अनुसन्धानमा देखिएको छ । यस्तै ,वीरगन्जको आइसोलेसन र स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको अभाव भएपछि नारायणी अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ ।