समाज कल्याण बोर्डले पायो पूर्णता


नेपाल समाचारपत्र, काठमाडौं

डेढ वर्षदेखि पदाधिकारीविहीन बनेको समाज कल्याण परिषद्को बोर्डले पूर्णता पाएको छ । पछिल्लो मन्त्रिपरिषद्ले परिषद्को बोर्डमा रिक्त रहेको पदाधिकारीको नियुक्ति गरेसँगै बोर्डले पूर्णता पाएको हो ।

मन्त्रिपरिषद्ले रिक्त रहेको उपाध्यक्ष, सदस्य सचिवसहित पाँच सदस्यको पद पूर्ति गरेको छ । जसमा प्राडा पद्मप्रसाद खतिवडालाई उपाध्यक्ष, पुष्कर खातीलाई सदस्य सचिव, सदस्यहरुमा गोविन्दबहादुर शाही, नानीमाया नेपाल, डा. मनराम बञ्जाडे, डा. ब्रम्हध्वज गुरुङ, सुशील ज्ञवाली नियुक्त हुनुभएको छ ।

२०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्ले परिषद्का पदाधिकारीहरु उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु इन्द्रकुमार झा, गोकर्ण भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्ले बदनियतपूर्ण र कानुनविपरीत कार्यहरु गरी परिषद्लाई हानि पु¥याएको भन्दै उनीहरुलाई बर्खास्त गरेसँगै पदाधिकारीहरु रिक्त थिए । परिषदले ती पदाधिकारीलाई बुधबार परिषद्मा स्वागत गरेको सहप्रवक्ता दुर्गा भट्टराईले बताउनुभयो ।