पहिरोमा परी ९ को मृत्यु

0
Shares

कालिकोट, (नेस)
अविरल वर्षाका कारण कालिकोटमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नौ जनाको ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन् ।

मंगलबार राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाले ज्यान गुमाएका छन् ।

वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुसा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, ८ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा बुढा र उनकी ६५ वर्षीया श्रीमती मनाको पनि ज्यान गएको उहाँले बताउनुभयो ।