सशस्त्रको ब्यारेकको उद्घाटन


बैतडी, (नेस)
बैतडीस्थित सशस्त्र प्रहरी बलको गुल्ममा बिल्लादार जवान ब्यारेकको निर्माण सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ५१ गुल्म हेडक्वाटरको आन्तरिक श्रोत एवं सशस्त्र प्रहरीका कर्मचारीको जनश्रमदानमा उक्त ब्यारेक निर्माण सम्पन्न भएको हो ।
नवनिर्मित ब्यारेक ३० जना बस्ने क्षमताको रहेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायव उपरिक्षक अमित सिंहले जानकारी दिनुभयो । उक्त ब्यारेकको आज सशस्त्र प्रहरी बल नेपाल ७ नं बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै बाहिनीपति बुढाथाकीले ब्यारेक निर्माणले जवानहरुको बसाइका लागि सहज हुने बताउनुभएको छ ।