‘इनफ इज इनफ’का अभियन्ता पुकार बमसहित ५ जना पक्राउ,प्रहरी चौकीमै अनसनको घोषणा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सूचनाको हकको निवेदन दिन गृहमन्त्रालय पुगेका ‘इनफइजइनफ’का अभियन्ता पुकार बमसहित ५ जना पक्राउ परेका छन् । बुधबार दिउँसो उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा अभियन्ता बमसहित प्रमेश श्रेष्ठ, समुद्र केसी, सुदन श्रेष्ठ र अन्य एक जना रहेका छन् ।

उनीहरुले मंगलबार अर्थमन्त्री र अर्थसचिवबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि दिएका थिए । पक्राउपछि उनीहरुलाई राखिएको ठाउँ महेन्द्र पुलिस क्लबमै आफूहरुलाई गैरकानुनी तवरले पक्राउ गरिएको भन्दै त्यहीं अनसन घोषणा गरेका हुन् । उनीहरुका फोन समेत प्रहरीले जफत गरेको छ । १२ दिनयता अर्का अभियन्ता ई बसन्तपुरमा सत्याग्रहमा छन् ।