१५ किलो सुन बारे छानबीन गर्न समिति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानबीन समिति गठन भएको छ ।

प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानबीन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले प्रहरी अधिकारीमाथि प्रश्न उठेपछि छानबीन समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘समितिले गाडी भाग्नुको कारण प्रहरीको कमजोरी मात्र देखायो भने त्यही अनुसार हुन्छ । कुनै नियत देखिए कारबाही हुन्छ ।’

समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी छन् । अधिकृतहरुले पछ्याउन थालेपछि एउटा स्कार्पियो गाडी नरोकिइ कपडाको झोला फ्याकेर भागेको प्रहरीको भनाइ छ ।