महाबौद्ध क्षेत्रका ५ ब्यापारीमा कोरोना संक्रमण पुष्टि,३ पसल सिल

98
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि पछि ३ वटा पसल सिल गरिएको छ । लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका गरिएको छ ।

गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज मात्र काठमाडौंमा ८ जनालाईकोरोना संक्रमण देखिएको छ ।