रातो मच्छिन्द्रनाथको जात्रा शुरु भयो, इन्द्रजात्रा चलाउँछौ

जात्राको मापदण्ड बनाउँछौ : गौतम रत्न शाक्य, अध्यक्ष मुल व्यवस्थापन समिति

0
Shares

  • ईश्वरराज ढकाल, काठमाडौं ।

कोभिड–१९ को महामाकारीको कारण रोकिएको देशकै सबैभन्दा लामो समयसम्म सञ्चालन हुने रातो मच्छिन्द्रनाथको रथारोहण शुरु भए लगत्तै काठमाडौंको इन्द्रजात्रा पनि शुरु गर्ने तयारी भैरहेको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिले जात्रा मनाउने विषयमा छलफल गरेको छ । समितिका अध्यक्ष गौतम शाक्यले मच्छिन्द्रनाथको रथारोहण शुरु भएपछि इनद्रजात्रा बनाउने बाटो खुलेको बताउनुभयो । भन्नुभयो–परम्परा यथावत रहेपनि विगतको जस्तो भिडभाड गरी जात्रा मनाइनैछैन ।

समितिले सरकारको स्वाथ्य मापदण्ड अनुसार रथ तान्नेले अनिभवार्य रुपमा सेनिटाइजर प्रयोग गर्नुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गर्न लागेको छ । २९ गुठी खलकको सहभागिमा चल्ने जात्रामा रथ तान्दा अति आवश्यक बाहेक टोलमा नाकाबन्दी जस्तै गर्ने तयारी गरेको छ ।

निर्णय भैसकेको छैन, सबै गुठियार बसेर व्यवस्थित र स्वाथ्य मापदण्ड पुरा गरी जात्रा चलाउने तयारी गरेका छौ–समितिका अध्यक्ष शाक्यले भन्नुभयो । यो वर्षको जात्रा भदौ १४ गते लिङगो ठड्याएपछि शुरु हुनेछ ।

१६ गतेदेखि रथ तान्ने कार्यक्रम रहेको छ । समितिले जात्रा मनाउने विषयमा संस्कृति यर्पटन तथा नागरीक उड््ययन मन्त्रालय, काठमाडौं महानगरपालिका , गुठी संस्थान लगायत सरोकारवालासंग छलफल गरिसकेको छ ।

केहीदिनपछि बैठक बसेर जात्रामा अपनाइने सावधानी, कार्यक्रम लगायतका विषयमा निर्णय गर्नेछौ–समितिका अध्यक्ष शाक्यले भन्नुभयो । जात्रामा जिवीत देवी, कुमारी, भैरब र गणेशको रथ परिक्रमा गर्ने प्रचलन छ । जात्रामा राष्ट्रपति, प्रधानमन्त्री,राजदुत, विदेशीनियोग प्रमुख लगायको उच्च अधिकारीको सहभगिता हुनेछ ।

गुठी संस्थान काठमाडौका प्रमुख हरी सुवेदीले रातो मच्छिन्द्रनाथको जात्रा आरम्भ भैसकेको अवस्थामा काठमाडौंका जात्रा कसरी सञ्चालन गर्ने ? भन्ने विषयमा छलफल भैरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–एक साताभित्र बैठक बसेर निर्णय गर्नेछौ, जात्रा सञ्चालन गर्ने विषयमा मुल समिति, पुजारी, गुठी खलकसंग छलफल गरेर निर्णय गर्ने उहाको भनाई छ ।

जात्रा चलाउने विषयमा छलफल गछौःकामपा मेयर : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जात्रा सञ्चालन गर्ने विषयमा दुईमत नभएपनि कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बाकी रहेको बताउनुभयो । भन्नुभयो–करिब एक महिना बाकी रहेकोले जात्रा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुन बाकी रहेको छ ।

उहाका अनुसार यो वर्षको जात्रा परम्परा र संस्कृति जोगाउने गरी हुने जानकारी दिनुभयो । कामपाले गएको वर्षदेखि महानगरसंग भगिनी सम्बन्ध भएका विश्वका महानगर प्रमुखलाई सहभागि गराएको थियो ।

पर्यटन प्रवद्र्धनको लागि महानगरले शुरु गरेको प्रचलन कोभिडको कारण यो वर्ष स्थगित भएको छ । मेयर शाक्यले आगामी वर्ष यथावत रहने जानकारी दिनुभयो ।

संस्कृति बन्द गर्न मिल्दैन जात्रा हुनैपर्छ : उद्धब कर्माचार्य मुल पुजारी तलेजु

तलेजुका मुल पुजारी उद्धब कर्माचार्यले सार्वजनिक सवारी साधन, भीडभाड हुने स्थल खुला गरेपनि जात्रा मनाउन नदिएर संस्कृतिमा बन्द गर्ने परम्परा चलाउन खोज्नु गलत भएको बताउनुभयो । नेवारको मात्र संस्कृति हो, भन्नु मुर्ख प्रवृतिको कारण इन्द्रजात्रा पर्व रोक्ने प्रयास भैरहेको जिकीर गर्नुभयो ।

भन्नुभयो–नेपाले देशकै सुरक्षा दिने तलेजु र जिवीत देवी कुमारी, भैरव र गणेशको रथ तानेर मनाउने जात्रा कुनैपनि हालतमा रोक्न नहुने उहाको भनाई छ । ३ सय वर्ष पुरानो र हालसम्म नरोकिएको जात्रा रोक्न नहुने तर्क राख्दै भन्नुभयो–यो वर्षको जात्रा जसरी पनि हुनैपर्छ हामीले गर्छौ , गर्छौै ।

स्वाथ्य सावधानी अपनाएर जात्रा मनाउने विषयका दुई मत नभएको तर्क राख्दै उहाँले भन्नुभयो–सबै निकायसंग छलफल गरी जात्रा मनाउने विषयमा सबैको सहमति रहेको उहाको भनाई थियो । रातो मच्छिन्द्रनाथको रथारोहणसंगै जात्रा शुरु भएपछि इन्द्रजात्रापनि मनाउने विषयमा आफुहरु ढुक्क रहेको उहाको भनाई थियो ।