स्विस सरकारद्वारा नेपाललाई स्वास्थ्य सामाग्री प्रदान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेपालस्थित स्विस राजदूतावासले विश्व प्रशिद्ध स्विस ‘रोश ग्याग्नोस्टिक कम्पनी’ र रोशकै मातहतका कम्पनीबाट निर्मित कोरोना संक्रमण पत्ता लगाउने ४० हजार थान उच्च गुणस्तरको ‘पिसिआर परीक्षण किट’ र ४० हजार थान नै ‘हाई प्योर आरएनए एक्स्ट्राक्सन किट’ दोस्रोपटक नेपाल सरकारलाई उपलव्ध गराएको छ ।

दोस्रोपटक शुक्रबार सरकारलाई उपलव्ध गराईएको किटको पहिलो लट अर्थात २०/२० हजार थान आज काठमाडौं उत्रिएको हो भने केही दिनभित्रै बाँकी २०/२० हजार थान (दोस्रो लट) नेपाल आईपुग्ने नेपालका लागि रोश कम्पनीको एकमात्र विक्रेता डाइग्नोटेक सर्पोट प्रालिका कार्यकारी अध्यक्ष सुशील थापाले बताए ।

यसअघि डाइग्नोटेक सर्पोट प्रालिकै पहलमा स्विस राजदूतावासले नेपाल सरकारलाई गत मे महिनामा ३० हजार थान पिसिआर टेस्टिङ्ग किट र ३० हजार थान नै हाई प्योर आरएनए एक्स्ट्राक्सन किट उपलव्ध गराएको थियो ।

त्यसैगरी रोश कम्पनीबाटै निर्मित करीव ९० लाख मुल्य बराबरको ‘रियल टाईम पिसीआर लाइट साईक्लर ४८० दुई’ दुईवटा मेसीन स्विस राजदूतावासले १ नं प्रदेशको लागि शुक्रबार नै हस्तान्तरण गरेको छ । ती दुईवटा मेशीन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई स्विस राजदूतावासका प्रतिनिधिले हस्तान्तरण गरेका छन् ।

मेशीन जडान तथा प्रयोगशाला व्यवस्थापनको लागि डाइग्नोस्टिक सपोर्ट प्रालिले आजै विज्ञ प्राविधिक (दक्ष बायोमेडिकल इन्जिनियर) लाई विराटनगर पठाईसकेको कार्यकारी अध्यक्ष थापाले बताए । सो मेशीनले आईतबारदेखि नै परीक्षणको कार्य गर्ने जनाइएको छ ।

अत्यन्त राम्रो गुणस्तरका कारण रोश कम्पनीबाट उत्पादित उपकरणहरु संसारभरबाटै अत्यधिक माग बढिरहेको बताइन्छ । डाईग्नोष्टिक साईन्सको अन्वेषणमा अग्रपंक्तिमा रहेर काम गरी रहेको अन्तराष्ट्रिय कम्पनी रोश स्विटजरल्याण्डमा स्थापित १२५ वर्ष भन्दा पुरानो कम्पनी हो । उक्त कम्पनी डायग्नोष्टिक क्षेत्रमा सन् २००७ देखि नै पहिलो स्थानमा रहेको बताइन्छ । कोरोनाको संक्रमण पुष्टी गर्ने पिसीआर विधिको परिक्षणलाई अमेरीकी गुणस्तर मापन संस्था युएएफडिएले रोश कम्पनीबाट निर्मित पिसिआर टेष्टलाई सन् २०२० मार्च १४ मा पहिलोे गुणस्तर प्रमाणपत्र प्रदान गरेको थियो ।

त्यसैगरी रोश कम्पनीले बनाएको ईम्युनो एसे स्वचालित एनालाईजरमा प्रयोग गर्न मिल्ने कोभिडको हाई एफीनिटी टोटल एन्टीबडी टेष्ट समेत युएएफडिए तथा युरोपियन युनियनको फ्रि सेल्स सिईआईभिडिको गुणस्तर प्रमाणपत्र प्राप्त टेष्ट हो ।

यस विधिाट नेपालमा समेत बीसवटा भन्दा बढी नीजि तथा सरकारी प्रयोगशालामा शुरुदेखि नै चलनचल्तिमा आएको रोश कम्पनीका एनालाईजर कोबास ई ४११ तथा कोबास ई ६०१ हरूमा कोभिड परिक्षण गर्न संभव रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य मंत्रालय जानकार छ भने । समुदायमा रहेको ‘सेरो प्रिभेलेन्स’ को सर्र्वेक्षण गर्नको लागि यस टेष्टको महत्व रहेको बताइन्छ ।

नेपालमा पनि महामारीको समयमा यस्ता सर्वेक्षणको तथ्यांक लिई जनस्वास्थ्यको उचित सम्बर्धन गर्नु राज्यको दाईत्व भित्र पर्ने हुनाले उचित समय आई सकेको र मन्त्रालयले यसबारे छिट्टै गाईडलाईन ल्याउने आशा गरिएको छ ।