स्याङ्जामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ ठाटीभञ्ज्याङ्मा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहिबार राती करिब ९ बजेको समयमा कालीगण्डकी गाउँपालिका १ का बर्ष ७६ का कृष्ण रेग्मीलाई लु १ त ४२०१ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।

ट्याक्टरले ठक्करबाट घाइते भएक उनको उपचारका क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हाल चलाक रिक बहादुर गाहा र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।