भैँसी बचाउन जाँदा ज्यान गयो


न्युज अफ नेपाल, धादिङ ।

दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ रानीबारी कार्कीगाउँमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ।

गोठमा बाँधिएको भैँसी फुकाउन जाँदा पहिरोले गोठमा पहिरोले पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

रातीको समयमा गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउँन जाँदा गोठमा पहिरोले थिचेर पन्तको ज्यान गएको हो।

पहिरोले पुरेर एउटा भैसी, एउटा बाख्रा समेत मरेको स्थानीय हरी थापाले बताउनु भएको छ । यो सहित जिल्लाभर मृत्यु हुनेको स.ख्या ५ जना पुगेको छ ।