सन्तानलाई असल र सफल बनाउने पाँच उपाय


न्युयोर्क,(एजेन्सी)

एलोन मस्क धेरै कुरका लागि चिनिन्छन् । त्यसमाथि पनि पागलले जस्तै लामो समय काम गर्ने सुचिमा उनी अग्र स्थानमा रहेका छन् । उनी कसैले पनि साताको ४० घन्टा काम गर्ने विश्वको नियम परिवर्तन नगरेको पटक पटक बताउँछन् । तर एक अन्तर्वार्ताको दौरान उनले एचबिओलाई भनेका छन् , ‘ तपाईंलाई कसैले भन्दा यति बढि समय काम गराउन दिनु हुन्न ।

यो राम्रो कुरा होइन । मानिसले यति धेरै परिश्रम गर्नुहुन्न । यसले मेरो मस्तिष्क र मुटुलाई हानी पु¥याउँछ । कुनै समय म झण्डै १ सय २० घन्टा काम गर्थें । यति धेरै काम गर्न म कसैलाई सल्लाह दिन्न । ’ उनको भनाई जस्तोसुकै भएपनि उनका आमालाई यसबारे सोध्दा थप केहि जानकारी पाउन सक्छौं ।

क्यानाडामा जन्मेकी मोडेल तथा आहारविद हुन् एलोन मस्ककी ७३ वर्षीया आमा मेये मस्क । तिनका परिवारमा एलोनका भाई कम्वल मस्क र बहिनी टोस्का मस्क पनि छन् । मये मस्कको एलोन मस्क र उनका भाइबहिनीलाई हुर्काइएको मुख्य शैली माथि लेखिएको एउटा नयाँ पुस्तक सावजनिक भएको छ । त्यसअघि नै त्यसबारे सिएनविसिका लागि लेखिएको एउटा निबन्धमा उनले सार कुरा यसरी राखेकीछन् , ‘ मैले सन्तानलाई कडा परिश्रमबारे सिकाउँदै र तिनीहरुलाई आफ्नो रहर र शौख पछ्याउन दिँदै हुर्काएको छुं । ’
एलोन मस्कको जिवन कथा पनि निकै जटिल छ ।

उनको जन्म मेये मस्क र एर्रोल मस्कको पुत्रका रुपमा दक्षिण अफ्रिकामा भएको थियो । आफ्ना मातापिताको पारपाचुकेपछि उनी नौ वर्षको उमेरमा आफ्नो पितासंग बस्न गए । रोलिंग स्टोनलाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो पिता अत्यन्तै खराव भएको बताएका थिए । माध्यमिक बिद्यालय स्तरको पढाई सकेपछि उनी क्यानाडा गएर आमा र भाइ बहिनीसंग बस्नथाले ।

एकल महिला भएर निकै दुखसंग सन्तान हुर्काएकी मेये मस्का पाँच सल्लाह यस्ता छन् ।

१. सानै उमेर देखि काममा लगाउनुः
मेयेले शायद घर चलाउनका उद्देश्यले पनि तिनीहरुलाई कलिलै उमेरदेखि आयआर्जनका काममा लगाएकी हुनुपर्छ । तर विज्ञानले समेत यसरी काममा लाग्ने बालबालिका ठूलो भएपछि जिवनमा सफल हुने गरेको पुष्टि गर्दछ ।

२. सन्तानलाई वयष्कलाई जस्तै व्यवहार गर्नुः
मलाई मेरा अभिभावकलाई विशवास गर्न सकिने वयष्कहरुलाई जस्तै व्यवहार गर्दै हुर्काए । मैले पनि आफ्ना सनतानमा त्यहि सुत्र अपनाएं ।

३. सन्तानलाई आफ्ना शौख पछ्याउन दिनुः
मैले तिनीहरुलाई कहिल्यै यो पढ्नु पर्छ त्यो हुन्न भनेर हस्तक्षेप गरिन । मैले कहिल्यै पनि तिनीहरुको गृहकार्य पनि जाँचिन । त्यो तिनीहरको नितान्त निजी जिम्मेवारी थियो । शायद यहि काराण ले पनि ठूलो भएपछि एलोन मस्क लामो समय सम्म कारखानामा काम गरेर बस्न सकेको ।

४. सन्तानलाई विलासिताको अभ्यस्त नबनाउनुः
आफैले कमाएर आर्थिक रुपमा सवल नबनुन्जेल तिनीहरुलाई विलासिताका वस्तुहरु प्रयोग गर्ने बानी बसाएर बिगार्नु हुन्न । तिनीहरु सुरक्षित रहेसम्म आफ्नो ख्याल आफैंलाइृ गर्न लगाउनुपर्छ । कलेज पढ्दा मेरा सन्तान अत्यन्तै गरिबीमा बाँच्दथे । तिनीहरु छ जना रुममेटसंग झुत्रो घरमा भुँइमा म्याट्रेस ओछ्याए सुत्थे । जति अभाबलाई चिनियो उति धेरे जिउने कला सिकिन्छ ।

५. तिनीहरुको भविष्यका लागि आफैं जिम्मेवार बनाउनुहोस्ः
मेरो ठूलो सल्लाह भनेकै कहिल्यै पनि सनतानकोबारे चिन्ता नलिनु हो । तिनीहरुलाई आफ्नो भविष्य प्रति आफैं जिम्मेवार बनाउनु । तिनीहरुलाई राम्रो व्यवहार भने सिकाउनु पर्छ । तर तिनीहरु के चाहन्छन् भन्नेबारे निर्णय तिनीहरुलाई नै गराउनु पर्छ ।