क्वारेन्टाइन बन्द गर्ने तिलोत्तमाको निर्णयप्रति काँग्रेसको असहमती


यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले क्वारेन्टाइनहरु बन्द गर्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले कोभिड १९ को महामारीबाट मुलुक मुक्त नभइसकेको अवस्थामा क्वारेन्टाइनहरु बन्द गर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अहिले पनि भारत तथा तेश्रो मुलुकमा थुप्रै नेपालीहरु रहेको र लकडाउन खुकुलो भएसंगै उनीहरु स्वदेश फकर्न सक्ने भएकाले मापदण्ड अनुरुपको क्वरेन्टाइन व्यवस्थापन गर्नु पर्ने माग काँग्रेस तिलोत्तमा नगर समितिले गरेको छ ।

नगर सभापति हरिलाल पाण्डेद्धारा जारी बिज्ञप्तीमा यसअघि विपत व्यवस्थापन केन्द्र (सिएमसि) तिलोत्तमाको बैठकमा काँग्रेसले विदेशबाट फर्किनेको संख्या कायमै रहेकाले तत्काल क्वारेन्टाइन बन्द गर्नु उचित नहुँने स्पष्ट धारणा राखेको स्मरण गराउदै एकलौटी ढंगले गरिएको अव्यवहारिक निर्णय मान्य नहुने उल्लेख छ ।

बहालमा बस्ने वा होम क्वारेन्टाइनमा बस्न सम्भव नभएका तथा आर्थिक स्थिति कमजोर भएका नागरिकहरुका लागि क्वारेन्टाइन बन्द गर्ने नगरपालिकाको सो निर्णय न्यायोचित र व्यवहारिक नरहेको बिज्ञप्तीमा जनाइएको छ ।

भारत तथा तेश्रो मुलुकबाट फर्केकालाई सिधै घरमा पठाउँदा समाजमा त्रास पैदा भई सामाजिक द्धन्द्ध निम्तन सक्ने प्रति पनि सचेत र संवेदनशिल बन्न काँग्रेस तिलोत्तमा नगर समितिले नगरपालिकालाइ आग्रह गरेको छ ।