एउटै कृषि फर्मलाई दोहोरो अनुदान,एकै बर्ष १ करोड दुई लाख

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

पर्वत जिल्लाको कुस्मा नगरपालिका भित्र सञ्चालित एउटै कृषि फर्मलाई दोहोरो अनुदान दिइएको पाइएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा न ४ मा सञ्चालित ‘धौलागिरी एकिकृत कृषि फर्म’ लाई एक बर्षमै दोहोरो अनुदान दिएको पाइएको हो ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष ०७५÷०७६ मा उक्त फर्मलाई १ करोड २ लाख रुपैयाँ अनुदान दिएको पाइएको छ । महालेखा परिक्षक कार्यालय आफ्नो बार्षिक प्रतिबेदनमा मन्त्रालय र कृषि ज्ञान केन्द्र पर्वतले दोहोरो अनुदान दिएको उल्लेख गरेको छ ।

प्रतिबेदन अनुसार उक्त फार्मलाई कृषि ज्ञानकेन्द्र पर्वतले दुई लाख रुपैयाँ र मन्त्रालयले एक करोडको अनुदान दिएको उल्लेख छ । नियम बिपरित अनुदान दिएका कारण उक्त रकम असुल गर्न भनिएको छ । मलेप प्रतिबेदनमा भनिएको छ ‘कृषि, पशुपंक्षी तथा मत्स्य नमूना फार्म कार्यक्रम सञ्चालन कार्यविधी, २०७५ को दफा ९ मा विगतका वर्षहरुमा सरकारी तथा गैरसरकारी संस्थाबाट अनुदान पाइसकेका आवेदनकहरुलाई मूल्यांकन प्रक्रियामा समावेश नगरिने व्यवस्था छ । मन्त्रालय र एक कृषि फर्मबिच १ करोडको सम्झौता भएको छ ।

कृषि ज्ञानकेन्द्र पर्वतबाट ०७५/७६ मा सोही फर्मलाई २ लाख रुपैयाँ अनुदान दिएको पाइयो । छनौट पूर्व स्थलगत अनुगमन गर्नुपर्ने व्यवस्था हुँदा समेत दुई निकायबाट एउटै फर्म वा व्यक्तिलाई अनुदान दिएको छ ।’ मलेपले ‘एउटै अनुदानग्राहीलाई एकभन्दा बढि निकायबाट अनुदान दिएकोले एउटै कार्यको दोहोरो कार्यसम्पन्न बनाई कार्यविधी विपरित समेत हुने गरि मन्त्रालयबाट ९३ लाख ६३ हजार रुपैयाँ भुक्तानी भएकोले सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई दोहोरो अनुदान रकम असुल गर्नुपर्दछ ।’ प्रतिवेदनमा भनिएको छ ।

कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले कार्यालयले सिंचाई पोखरी बनाउन अनुदान दिएकाले बिषय र शीर्षक नै फरक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘फरक कामका लागि दिएको अनुदानलाई बेरुजु असुल सिफारिस नगर्नुपर्ने हो’ उहाँले भन्नुभयो नियमित अनुगमन गरेर नै अनुदान दिएका हौ’ भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता गृष्म न्यौपानेले मन्त्रालयले कार्यविधी अनुसार नै ७० प्रतिशत अनुदान दिएको तर अनुदानग्राहीले आफूले व्योहोर्नुपर्ने रकम स्थानीय तहसँगबाट लिएको बताउनुभयो ।

कार्यबिधी बिपरित पकेट क्षेत्र छनौट

यस्तै कृषि ज्ञान केन्द्र पवतले १० वटा कृषि पकेट क्षेत्र छनौट गर्दा कार्यबिधी बिपरित छनौट गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । कृषि ज्ञानकेन्द्र पर्वतले प्रदेश सरकारको कार्यक्रम अन्र्तगत १० पकेट क्षेत्र सञ्चालनका लागि ५५ लाख ७२ अनृुदान दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ५८ पकेट क्षेत्रका लागि २ करोड ६ लाख ६४ अनुदान बितरण गरेको छ।

गण्डकी प्रदेश पकेट क्षेत्र सहयोग कार्यक्रम कार्यबिधी २०७५ को बुँदा ७–९– १० मा पकेट क्षेर छनौट गर्दा प्रस्ताबित पकेट क्षेत्रको माटोको उर्बराशक्तिको को परीक्षण गर्नुपर्ने ब्यबस्था छ । पकेट क्षेत्र सञ्चालनको उद्देश्य अनुरुप उत्पादित खाद्यान्नन तथा बालीहरु उपयुक्त भए नभएको निक्यौल गरी उत्पादकत्वमा बृद्धि, माटो परीक्षण गरी उपयुक्त बाली लगा तथा बालीहरु उपयिु भए िभएको निक्यौल गरी उत्पादकत्व बृद्धिमा जोड दिनुपर्ने महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ।