वर्षाका कारण बाटो अवरुद्ध

0
Shares

न्युज अफ नेपाल, ललितपुर। 

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र डुबानमा परेकालाई प्रहरीले उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महालक्ष्मी न।पा। वडा – ५ टिकाथली रातोपुल स्थित मुकुन्द आचार्यको टहरामा बसोबास गर्दै आएका ११ जनालाई ललितपुर प्रहरीले सोमबार उद्धार गरेको थियो । हनुमन्ते खोलामा आएको बाढीको कारण सो क्षेत्र डुबानमा परेको हो ।

सोही दिन ललितपुर महाक्ष्मी नपा– १० लाकुरीभन्ज्याङ स्थित सुरज लामाको १ तले कच्ची घरमा वर्षातको कारणले पहिरो आई घर डुवानमा परेकोले ५ जनालाई सकुशल उद्धार गरिएको थियो । प्रहरीका कारण सो बाढीले मानवीय क्षति केही हुन पाएन ।

त्यसैगरी ललितपुर महानगरपालिका २३ धापाखेल पशुपती टोल स्थित पहिरो गएको थियो । उच्च जोखिममा रहेको ७ घर परिवारका ललितपुर महानगरपालिका वडा नं २४ का वडाअध्यक्ष दिनेश कार्कीको समन्वयमा ३२ जनालाई प्रहरीले सरसामान सहित सुरक्षित स्थानमा स्तानान्त्रण गरी उद्धार गरिएको थियो ।

अविरल वर्षाको कारणले ललितपुर पाङ्दुरडोल, भालुखोला, नया गाउँ, ससिता भन्ज्याङ, मानिखेल रातो माटे, काल्चे, रातो भिर, लुकुनि बेशि, रुम्बा टोल, खयरघारी, बिरखेधारा, टिकाभैरवबाट घुसेल जानेबाटो समेत बिभिन्न स्थानको बाटो अवरुद्ध रहेको छ ।