एकैदिन ४० जनामा कोरोना


डोटी, (नेस)

डोटीको शिखर नगरपालिकाको क्वारेन्टाइननमा रहेका ४० जनामा एकैदिन कोरोना संक्रमण देखिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६० जनामा गरिएको कोरोना परीक्षणमध्ये ४० जना शिखर नगरपालिकाको वडा नं ५, ८ र १० का क्वारेन्टाइनमा रहेका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि ती वडाहरूमा रहेका अन्य नागरिकमा त्रास उत्पन्न भएको स्थानीय रामबहादुर धामीले बताउनुभयो । जिल्लामा केही दिन यतादेखि कोरोना संक्रमण पुष्टि हुने दर कमी हुँदै आए पनि एकैपटक ४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लावासी सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।