कोरोनाविरुद्ध मास्क


दोलखा, (नेस)

दोलखाका युवा कलाकारहरुले कोरोना सचेतनका लागि मास्क नामक सर्ट मूभी निर्माण गरेका छन्। ब्राइट इभेन्ट म्यानेजमेन्टको ब्यानरमा राजन बुढाथोकीले निर्माण गरेको मास्कले एउटा बालकले पाएको २० रुपियाँले मीठाई खान छोडेर मास्क खरिद गरेको कथा कलात्मक र सन्देशमूलक ढंगले प्रस्तुत गरेको छ।

झन्डै ८ मिनेटको मास्कले कोरोना भाइरस कोभिड–१९ बाट बच्न मास्क अनिर्वाय भएको सन्देश आमाबाट पाएपछि एउटा बालकले त्यसलाई कति गहिरो ढङ्गले लिन्छ भन्ने देखाइएको छ। मास्कमा छायांकन निकेश श्रेष्ठ र सम्पादन भीमसेन श्रेष्ठको रहेको छ। दुई जनामात्र कलाकार रहेको मास्कमा कविता थामी र निलेश शाहीले अभिनय गरेका छन्।

मास्क सार्वजनिक कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले चेतनामूलक सर्ट भूमिको प्रवद्र्धनका लागि नगरपालिकाले सहयोग गर्ने जनाए।