राजन बने युवा महासंघ ललितपुरको अध्यक्ष

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको चौथो वार्षिक साधारणसभाले राजन महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा प्रणीता शाक्य, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा प्रत्येक शाक्य, सह–सचिवहरुमा सुवास बरार्इँली र सनिल डंगोल, सह–कोषाध्यक्षद्वयमा अनिस महर्जन र सायरा महर्जन रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोहण महर्जन, सदिका महर्जन रहनुभएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष सुजन घलेको उपस्थितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शाखाका निर्वतमान अध्यक्ष राजेश बज्राचार्यले पद हस्तान्तरण गर्दै शपथ ग्रहण गराउनुभयो । सो अवसरमा शाखाका अध्यक्ष राजन महर्जनले युवा अधिकार र युवावर्गको परिर्वतनका लागि सबैसग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा ललितपुर क्षेत्र नं ३ का संघीय सांसद् नवराज सिलवाल, पूर्व प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारी, नेपाल प्रहरीको लागू औषध दुव्र्यसन ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप चौधरी, अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजका अध्यक्ष अजरमान जोशी, ललितपुर महानगरपालिकाका विपद् शाखा प्रमुख हरिश्चन्द्र लामिछाने, महानगरपालिका समाजकल्याण महाशाखाका अधिकृत सरिता महर्जनले आफ्नो भनाई राख्ने क्रममा कार्यकालको सफलताको कामना गर्नुभयो ।