प्रिन्स दाहाल उत्कृष्ट जुनियर खेलाडी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली युवा शटलर प्रिन्स दाहाल ब्याडमिन्टन एसियाकै उत्कृष्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एशियाले प्रिन्सलाई पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा उत्कृष्ट खेलाडी घोषित गरेको हो ।

उनी विश्व ब्याडमिन्टनअन्तर्गत् जुनियर वरियतातर्फ सातौं स्थानमा छन् । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४ सय अंक जोडेका छन् । उनले गत फागुनमा दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए ।

उती डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा अन्तिम १६ मा पुगेका थिए । हाल उनी कोरियन प्रशिक्षकको प्रशिक्षणमा व्यस्त रहेका छन् ।